सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबमाथि सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले जित निकालेको छ।
च्यासल मैदानमा सोमबार भएको खेलमा एपिएफले दुवै गोल दोस्रो हाफमा गर्यो।
एपिएफका लागि हरि कार्कीले ५७ मिनेटमा पहिलो गोल गरेका थिए।
सबिन गुरुङले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा एपिएफका लागि दोस्रो गोल गरे।
जारी सिजनमा तेस्रो जित हात पारेको एपिएफ ६ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारमा रहेको पुलिसको भने एक अंक मात्र छ।
यता एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलमा संकटाले जित हात पारेको छ।
संकटाले खुमलटारमाथि १-० गोलको जित निकालेको हो। संकटाको जितमा जुनियर ओनगुनेले २७ मिनेटमा गोल गरेका थिए।
जितसँगै ६ खेलबाट ९ अंक जोड्दै संकटा छैटौं स्थानमा उक्लिएको छ। खुमलटार ६ अंकसहित नवौं स्थानमा छ।