पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट पहिलो चरणको खेलमा नेपालमाथि भियतनामले पहिलो हाफै तीन गोलको अग्रता लिएको छ।
दशरथ रंगशालामा भइरहेको खेलमा भियतनामले पहिलो हाफमै नेपाललाई दबाब दिएको हो।
खेलको ११ मिनेटमा फाम हइ यनेले हेडमार्फत् पहिलो गोल गरिन्।
३५ मिनेटमा भियतनामले पेनाल्टी पायो। नेपाली डिफेन्डरले डिबक्सभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भियतनामकी हुन नह्युनले गोल गरिन्।
लगत्तै भियतनामले तेस्रो गोल गर्यो। एनगुनयन थि बिच थिइले डिबक्सबाट हानेको प्रहार नेपालकी अमृता जेशीको खुट्टामा लागेर पोस्ट भित्र छिरेको थियो।
नेपाल र भियतनामबीच आगामी शनिबार दोस्रो खेल हुनेछ। दुई खेलको आधारमा अघि रहने टिम दोस्रो चरणको छनोटमा पुग्नेछ।
फिफा वरियताको ३३औं स्थानमा रहेको भियतनामले यहि वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने महिला फिफा विश्वकप खेल्दैछ।