म्यान्चेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा उक्लिएको छ। लिग अन्तर्गत गएराति ब्रेन्टफोर्डलाई १-० गोल अन्तरमा हराउँदै युनाइटेड शीर्ष ४ मा उक्लिएको हो।
ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई जिताउन मार्कस रासफोर्डको निर्णायक गोल गरे।
सिजनको १५ औं गोल गर्ने क्रममा उनले खेलको २७ औं मिनेटमा मार्सेल साबित्जारको पास सदुपयोग गरे।
यो जितसँगै युनाइटेडले च्याम्पियन्स लिगमा छनोट हुने दौडमा टोटनह्यामलाई ३ अंकले पछि पार्यो। एक खेल बढी खेलेको टोटनह्यामको ५० अंक हुँदा युनाइटेडको ५३ अंक भएको छ। तेस्रो स्थानमा रहेको न्युक्यासलको समान ५३ अंक भए पनि गोल अन्तरमा अगाडि छ।
यता युरोपेली छनोटको खोजीमा रहेको ब्रेन्टफोर्ड प्रिमियर लिगका १७ खेलमा दोस्रो पटक मात्रै हारेको छ। २९ खेलबाट ४३ अंक जोडेको ब्रेनफोर्ड नवौं स्थानमा यथावत छ। उ छैठौं स्थानको ब्राइटन भन्दा तीन अंकले मात्र पछाडि छ।