सहिद स्मारक ए डिभिजन लिगमा विमल घर्तिमगरले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि मछिन्द्र क्लबले हार टारेको छ।
साविक विजेता मछिन्द्रले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेल्दै हार टारेको हो।
खेलको ८६ मिनेटमा सत्यम शर्माको गोलबाट शेर्पाले अग्रता लिएको थियो।
तर मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
बराबरीसँगै शेर्पा ६ अंकसहित नवौं स्थानमा छ। दशौं स्थानमा मछिन्द्रको ६ अंक नै छ।
यता च्यासल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबमाथि थ्रीस्टारले १-० गोलको जित हात पारेको छ।
थ्रीस्टारको जितमा अजयी मार्टिन्सले खेलको १७औं मिनेटमा गोल गरेका थिए।
जितसँगै थ्रीस्टार १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ८ अंक जोडेको आर्मी भने आठौं स्थानमा झरेको छ।