सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ।
मनाङ शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबमाथि २-० गोलको जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो।
मनाङको जितमा कोफी कोउडोले दुई गोल गरे। उनले खेलको ३३ र ५२ मिनेटमा गोल गरेका थिए।
जितसँगै मनाङले १४ अंक जोडेको छ। १२औं स्थानको फ्रेन्ड्सको भने ४ अंक छ।
यता अर्को खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलको ३३ मिनेटमा एनकोटो मासोबीको गोलबाट जावलाखेलले अग्रता लियो। दुई मिनेटमै खुमलटारले बराबरी गोल फर्कायो। उसका लागि अभिषेक लिम्बूले ३५ मिनेटमा बराबरी गोल गरे।
६३ मिनेटमा मेसाउकेले ६३ मिनेटमा गोल गर्दै खुलमटारलाई अग्रता दिलाए। ८६ मिनेटमा फोडे फोफनाले बराबरी गोल गरे।
बराबरीसँगै जावलाखेलले ७ खेलबाट १४ अंक जोडेको छ। मनाङसँग बराबरी अंक भए पनि गोलअन्तरमा पछि परेको जावलाखेल अंक तालिकामा दोस्रो स्थानमा झरेको छ। खुलमटार ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ।