सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलको चौथो मिनेटमा जिलेस्पी कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। २५ मिनेटमा सातदोबाटोका दिपकसिंह ठकुरीले बराबरी गोल गरे।
कार्कीले ३८ मिनेटमा टिम तथा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई दोस्रो पटक अग्रता दिलाए। तर ४८ मिनेटमा माटमुराटोभले बराबरी गोल गर्दै सातदोबाटोलाई फेरि खेलमा फर्काए।
५२ मिनेटमा दीपक गुरुङले गोल गर्दा आर्मीले तेस्रो पटक अग्रता लिएको थियो। ८५ मिनेटमा विलियम ओपेकुले गोल गर्दा सातदोबाटोले आर्मीलाई अंक बाड्न बाध्य तुल्यायो।
लिगमा सात खेलबाट १३ अंक जोड्दै सातदोबाटो तेस्रो स्थानमा र ९ अंक जोड्दै आर्मी आठौं स्थानमा छन्।