सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
सोमबार दशरथ रंगशालामा भएको खेलमा मनाङ र थ्रीस्टारले एक एक गोलको बराबरी खेलेका हुन्।
खेलको ७८ मिनेटमा सन्तोष साहुखलको गोलबाट थ्रीस्टारले अग्रता लियो।
साहुखल यो सात वर्षपछि थ्रीस्टारमा फर्किएका हुन्। ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता साहुखलले अघिल्ला सिजन च्यासल युथबाट खेलेका थिए।
सोमबार गोल गरेसँगै सन्तोषले ए डिभिजन लिगमा आफ्नो गोल संख्या १०४ पुर्याए।
८४ मिनेटमा मनाङका कोफी कोउडोले बराबरी गोल फर्काउन सफल भए।
लिगको शीर्ष स्थानमा रहेको मनाङको ७ खेलबाट १५ अंक भएको छ। थ्रीस्टार ११ अंक जोड्दै छैटौं स्थानमा छ।