स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ।
बार्सिलोना सोमबार राति भएको खेलमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो।
बार्सिलोनाले घरेलु मैदानमा जिरोनासँग निराश भएपछि ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमायो।
रोबर्ट लेवान्डोस्कीले चार मिनेटमै गोल गर्ने सुनौलो मौका पाएका थिए तर उनको प्रहार आकासियो।
बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो सिजनमा तेस्रो पटक हो ।
लिगमा बार्सिलोना २८ खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा छ।
१३ अंकले पछि रहेको दोस्रो स्थानको रियल म्याड्रिडको ५९ अंक छ। एट्लेटिको म्याड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ। जिरोना ३५ अंक बटुल्दै एघारौं स्थानमा छ।