अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध चौथो खेलको लागि नेपाली फुटबल टोली घोषणा गरेको छ।
यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरे। छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने,
बिकेश कुथू र किरणकुमार लिम्बू छन् ।डिफेण्डरमा देवेन्द्र तामाङ,
बिराज महर्जन,
अनन्त तामाङ,
जितेन्द्र कार्की,
आदित्य चौधरी,
कमल श्रेष्ठ,
राजेन्द्र रावल र दिनेश राजवंशी छन्।‘
मिडफिल्डर’
मा भरत खवास,
सुनिल बाल,
विशाल लाई,
हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘
स्ट्राइकर’
मा बिमल घर्तीमगर,
जर्ज प्रिन्स कार्की,
हेमन गुरुङ,
रोहित चन्द,
विक्रम लामा,
नवयुग श्रेष्ठ र अञ्जन विष्ट छन्।गत भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–
१ गोलअन्तरले पराजय भोगेको थियो।त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो।[caption id="attachment_93241" align="alignnone" width="658"]
तस्बिरः एन्फा[/caption]