‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले हात पारेका छन्।
भद्रकालीस्थिति नेपाली आर्मी अफिसर्स क्लबमा बिहिबार भएको कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरूष र महिला खेलाडीको अवार्ड हात पारेका हुन्।
पुरूषतर्फ फुटबलका रोहित चन्द, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्कीलाई पछि पार्दै पारसले बाजी मारेका हुन्।
नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। पारस विश्व क्रिकेट लिग डिभिजन टू मा १ शतक र १ अर्धशतक प्रहार गर्दै प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी हुन्।
बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्।
उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पार्न सफल शोभा योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्सको उपाधि विजेता हुनुका साथै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा उपविजेता बनेकी थिइन्।
उनी घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता समेत हुन्।
सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडीनेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।
नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।
सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध छन्। रोयल च्यालेञ्जर्स बंगलोरविरुद्ध आइपिएलमा पहिलो पटक मौका पाएका सन्दीपले डेब्यमा उत्कृष्ट बलिङ्ग गरेका थिए।
क्रिकेका टमाटा एनएसजेएफ पल्सर वर्ष उत्कृष्ट प्रशिक्षकनेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर २०७४ वर्ष उत्कृष्ट प्रशिक्षक भएका छन्। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिंग लोप्साङ्ग, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन्।
सन्दीप, किरणलाई पछि पार्दै टेबलटेनिसका स्यान्टुलाई ‘पिपुल्स च्वाइस अवार्ड’क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।
कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरिन्।
यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा यस विधाको विजेता छनोट भएको थियो।
फुटबलर अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ।
क्रिकेटर करण केसीलाई स्पेशल अवार्डनेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी करण केसी स्पेशल अवार्डबाट सम्मानित भएको छ।
वर्ष २०७४ मा खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गरेको हो। करणले गत माघमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए।
६ टोली सहभागि प्रतियोगिताको फाइनल पुग्न सके नेपालले अर्को वर्ष हुने विश्वकप छनोट खेल्न पाउथ्यो। अन्तर्राष्ट्रिय स्तरमा अरु धेरै अवसरका ढोका खुल्थे।
सुरुआत गतिलो नहुँदा फाइनल पुग्ने अभियान धर्मराएको थियो। समूहको अन्तिम खेलमा विपक्षी थियो, क्यानाडा। क्यानाडाले पहिला ब्याटिड गरेर १ सय ९४ रन बनाइसकेको थियो। ब्याटिडमा सधै कमजोर भनिएको नेपाललाई १ सय ९५ रनको लक्ष्य सगरमाथाझै अग्लो थियो। अझ ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गएपछि नेपालको लक्ष्य असम्भवझै देखिन थाल्यो। किनकी लक्ष्य पाउनका लागि पुछारका दुई ब्याट्सम्यानबाट अविजित ५१ रनको साझेदारी हुनुपथ्र्यो। करणले त्यस्तै इनिङ्स खेले। असम्भव झै देखिएको त्यो लक्ष्यप्राप्तीको बाटोमा नेपालको रथ हाँकिरहेका थिए, करण केसी र सन्दीप लामिछानेले तैपनि १० नम्बरमा ब्याटिड गर्न आएका अलराउन्डर करणले खेल जिताउनेमा धेरैले आशा गरेका थिएनन। तर करणमा त्यो खुबी थियो। ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएर उनले आफ्नो खुबी प्रमाणित गरे। नेपाललाई जित दिलाए।
त्यो जित नेपालका लागि फगत एउटा खेलको जित थिएन। त्यही जितले नेपाललाई कम्तिमा प्रतियोगिताको उपविजेता बनाउँदै विश्वकप छनोट प्रतियोगिता खेल्न लायक बनाएको थियो।
हिमाललाई ‘पारा एथलिट अफ दी इयर’ह्विलचेयर बास्केटबल र ह्विलचेयर क्रिकेट टिमका कप्तान तथा नेपाली सेनाका हिमाल अर्याल पारा एथलिट अफ दि इयरबाट सम्मानित भएका छन्।
२०६० साल कात्तिक २९ गते मकवानपुरको भिमफेदीमा माओवादीको एम्बुस आक्रमणमा परेर मेरुदण्ड गुमाएपनि आफ्नो साहस नगुमाएका उनी अन्तत पारा खेलमा उदाउदै नेपाली खेलकुदलाई माथिसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए। जसको नतिजा उनलेमात्र नभई सम्पूर्ण देशले पाउन थालेको छ।
अपांगता भएका नागरिकलाई जीवनप्रतिको उत्साह संचार गराउन सफल भएका छन्। उनी नेपाली ह्विलचेयर बास्केटबल र क्रिकेट टिमका कप्तान हुन्। पावर लिफ्टिडका पनि उनी खेलाडी हुन्। वर्ष २०७४ मा नेपालले घरेलु मैदानमा दक्षिण एसियाली ह्विलचेयर बास्केटबल र क्रिकेटको उपाधि जित्दा हिमाल टिमका कप्तान थिए। नेपाली सेनाको ह्विलचेयर क्रिकेट र बास्केटबल टोलीलाई पनि उनले कप्तानको हैसियतमा राष्ट्रिय च्याम्पियन बनाए।
सबै तस्बिरहरूः निशा भण्डारी