११ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर पुनर्निर्माण गरिएको दशरथ रंगशालाको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद् उदासिय देखिएको छ।
कोरोना भाइरसका कारण विगत सात महिनादेखि कुनै गतिविधि नभएको रंगशालाको प्यारापिटको अवस्था अहिले दयनीय छ।
गत मंसिरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन भएको रंगशालाको प्यारापिटमा भाँचिएका कुर्सी अलपत्र अवस्थामा छन्।
भिआइपी प्यारापिटको छानोबाट पानी चुहिँदा कतिपय सिट ब्रिगिएका छन्।
प्यारापिटबाट चुहिँएको पानीले प्यारापिटको रंगरोगन बिगारेको छ। प्यारापिट मर्मत सम्भार नहुँदा सिट फोहोर भएका छन्।
प्यारापिटमै सागका लागि बनाइएका फ्लेक्स बोर्ड अलपत्र अवस्थामा छाडिएका छन्।
रंगशालाको मुख्य गेट नजिक फोहोरको थ्रुपो छ। फोहोर र माटोको उचित व्यवस्था नहुँदा झाडी बनेको छ।
यस्तै सागमा ल्याइएको सब्स्टिच्युट बेन्चका चियर पनि अलपत्र अवस्थामा रहेका छन्। बेन्चलाई सुटिङका लागि आउनेले प्रयोग गर्ने गरेका छन्।
यसअघि रंगशालाको भिआइपी प्यारापिटको छानोबाट जडान गरिएको एक महिना पूरा नहुँदै पानी चुहिएको थियो।
पाँच करोड खर्च भएको प्यारापिट चुहिन थालेपछि राष्ट्रिय खेलकुद परिषदले प्यारापिटको डिजाइन परिवर्तन गरेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थापन गरिरहेको मैदानको अवस्था ठीक भए छ।
एन्फाले विश्वकप छनोट प्रतियोगिताका लागि मैदानम मर्मत गरिरहेको छ। यद्यपी कोरोना भाइरसका कारण यो वर्ष विश्वकप छनोटका खेल हुने सम्भावना छैन।
तस्बिरहरू :-