भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ सम्म हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ का लागि बुधबार तीन खेलाडी छनोट भएका छन्।
छनोट हुने खेलाडीमा चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छन्।
नेपाल बक्सिङ संघले राष्ट्रब्यापी खुल्ला छनोट प्रतियोगितामा ५७ किलो तौल समूहको फाइनलमा आर्मीकी चन्द्रकला थापाले झापाका सुस्मिता राईलाई ५-० ले हराइन्।
६० किलो तौल समुहको फाइनमा एपिएफकी संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४-१ ले हराएर विश्व बक्सिङमा स्थान बनाइन्।
७५ किलो तौल समुहमा एपिएफकी सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५-० ले हराए।