नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवैतर्फ जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन्।
एकलतर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाइ २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेका हुन्। यस्तै प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन्। यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाइ २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन्।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सेनाका प्रफुल महर्जन र रुकेशको जोडी पनि एकल र युगल दुवै तर्फ जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भए। एकल तर्फ प्रफुलले एपिएफका क्षितीज खनाललाइ २१–१४, २१–७ ले र रुकेशले एपिएफकै रोशन साउदलाइ २१–१८, २१–१० ले पराजित गरे। यसैगरि महर्जन जोडीले सुनसरीका मुनाहाङ्ग राइ र सुनसरी ब्याडमिन्टन एकेडेमीका लाक्पा शेर्पाको जोडीलाइ २१–१०, २१–१० को समान अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।
पुरुष एकलतर्फ क्वाटरफाइनल प्रवेश गर्ने क्रममा पुलिसका सुनिल जोशीले एपिएफका देवराज रानालाइ २१–१२, २१–१२, पुलिसकै जीवन आचार्यले आर्मीका कविर के.सी.लाइ २१–११, ९–२१, २१–१९, एपिएफका अमन महर्जनले पुलिसका दीपक बोहरालाइ १६–२१, २१–७, २१–१५, आर्मीका पविन लिनथेपले एपिएफका विजीत थापा मगरलाइ २१–१२, २१–१२ को समान अन्तरले पराजित गरे।
पुरुष युगल तर्फ एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडीले इटहरी ब्याडमिन्टन क्लबका पूर्ण बुढा र सविन खनाको जोडीलाइ २१–१०, २१–१४, पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र केनिश मगरको जोडीलाइ २१–१५, २१–१४, एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रदीप श्रेष्ठ र पवन राना मगरको जोडीलाइ २१–१९, १८–२१, २१–१२, एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडीले संखुवासभाका निशान्त कटुवाल र पवन राना मगरको जोडीलाइ २१–११, २१–१८, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जाडीले ते¥हथुमका महेश आचार्य र गोपाल लिम्बुको जोडीलाइ २१–१३, २१–१०, आर्मीका हिमाल चन्द र कविर के.सी.को जोडीले सुनसरीका अनन्त राज तामाङ्ग र प्रविन तामाङ्गको जोडीलाइ २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाइनमा स्थान पक्का गरे।
महिला एकलतर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिला महर्जन क्वाटरफाइनल प्रवेश गरेकी छिन्। सेनाकी रशिलाले ताप्लेजुङ्गकी भवानी देवी फेदेमलाइ २१–२, २१–५ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी हुन्। यस्तै पुलिसकी निता लम्सालले क्वाटरफाइनल प्रवेश गर्ने क्रममा धनकुटाकी अरुण तामाङ्गलाइ २१–१४, २१–१२ ले पराजित गरिन्। एपिएफकी जेशिका गुरुङ्ग कन्चनपुरकी निलिमा महरालाइ २१–९, २१–७, आर्मीकी प्राथना देउवा झापाकी अन्जना राइलाइ २१–७, २१–९, एपिएफकी सुनयना मुखिया आर्मीकी बिष्णा बिष्टलाइ २१–८, २१–१४, कस्तुरी कलेजकी सिमा राजवंशी आर्मीकी अनुमाया राइलाइ २१–१३, २१–१५, एपिएफकी शोभा गौचन कैलालीकी एलिना सुनारलाइ २१–१९, २१–१३ र आर्मीकी अमिता गिरी सर्लाहीकी निकिता लामालाइ २१–११, २१–१७ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए।
इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकल तर्फको खेलमा यु –११ तर्फ नेपाल पुलिस स्कुल काभ्रेका नवदीप राइ, आर्मीका दीप थिङ्ग, खोटाङ्गका संयोग धमला, सप्तरीका अभिनाष शाह, भोजपुरका तयाबुङ्ग राइ, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की र सप्तरीका संगम राउतले पनि अन्तिम ८ मा स्थान बनाए। यस्तै छात्रा तर्फ सुनसरीका आयुषा निरौला र रिश्ता रावल, भोजपुरकी नदिरा तामाङ्गले पनि जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरे।
छात्र यु –१३ तर्फ आर्मीका सुदेश राजकोटी, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, एपिएफका आरुष सिमखडा पनि जित हात पार्दै क्वाटरफाइनल प्रवेश गरे। यसैगरि कैलालीका आदित्य चौधरी, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ्ग, तनहुका सफल भुजेल पनि आफ्ना प्रतिद्वन्दिलाइ पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरे।
छात्रातर्फ भोजपुरकी उपमा खड्का, सेनाकी समृद्धि श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिभ्या राइ, सेनाकी अजरेन्का शेरचन, कास्कीकी निभा राइ, बेलटार ब्याडमिन्टन एकेडेमीकी निताशा राइका मगर र सेनाकी टिशा रानी शाक्यले पनि क्वाटरफाइनलमा स्थान पक्का गरे।