लुभूस्थित जिनियस आईबी वल्र्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ।
सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे।
जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनु पर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनु पर्ने, जिनियसको प्रवद्र्धनलगायतका कार्यमा सहयोग गर्नु पर्ने जानकारी गराए।
कार्यक्रममा अध्यक्ष जोशीले सम्झौता तत्काल १ वर्षका लागि भएपनि आगामी वर्षमा पनि निरन्तरता पाउने बताउदै जिनियसमा आबद्ध भएको विमललाई धन्यवाद दिए।
विमलले जिनियसको फुटबल जर्सी सार्वजनिक गर्नुका साथै जिनियसको छात्र÷छात्रा टोलीलाई प्रशिक्षण पनि दिएका थिए।
कार्यक्रममा विमलले जिनियससंग जोडिन पाउँदा खुशी लागेको बताउदै जिनियसको फुटबललाई माथि उकास्न र विद्यालयको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
शैक्षिक प्रमुख वज्राचार्यले राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य विमललाई जिनियसमा आबद्ध गर्न पाउँदा गर्वको अनुभुति भएको बताउदै विमलको आगमनले जिनियसको फुटबलसंगै अन्य गतिविधको पनि उचाईं बढ्ने विश्वास व्यक्त गरे।