रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् ।
१९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका थिए। फाइनलमासमेत गोल गरेका उनले ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानी बराबरी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एम्बाप्पेले विश्वकपबाट ५ करोड ५८ लाख रूपैयाँ कमाइ गरेका छन्। उनले प्रति खेल २४ लाख ७८ हजार कमाइ गरेका थिए।
फ्रान्सको एक पत्रिका एल इक्विपीका अनुसार प्रिमियर्स डी कोर्डी नामक बच्चाहरुलाई मद्धत गर्ने संस्थालाई एम्बाप्पेले सबै रकम खर्चिन लागेका हुन्।
यो पनि हेर्नुहोस्