नेपाल मगर पर्यटन समाजले पर्यटन प्रवर्दनका लागि विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ।
समाजले २१ जनालाई ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिम तथा १७ जनलाई वेसिक डिजिटल मार्केट्रिङ तालिम सम्पन्न गरेको समाजका राजकुमार थापाले बताए।
साहसी पर्वतारोहण ट्रेकिङ गाइडलाई दक्ष बनाउन विभिन्न तालिमको आयोजना गर्दै आएको थापाले जानकारी दिए।
पर्यटन प्रवर्धनका निम्ति नेपाल मगर पर्यटन समाजले सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि थापाले जानकारी गराए।
तालिमका सहभागीहरुलाई मगर पर्यटन समाजले शनिबार वनभोज कार्यक्रमको अवसरमा प्रमाणपत्र दिएको थियो।
वनभोज कार्यक्रममा मगर समुदायबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई पर्यटन समाजले बधाई दिइएको थियो।