कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा हिरा भएको तर कालीगढ नभएकाले समस्या भएको बताएका छन्।
रारा-कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुगेका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर संरक्षण प्रचार प्रसार गर्नको लागि कालीगढ नभएकाले ओझेलमा परेका बताए।
रारा महोत्सव मात्र नभई रारा कर्णाली पर्यटन वर्ष २०७५को शुभारम्भ रारा तालबाट गरिने भन्दै उनले यो पर्यटन वर्ष २०७५ सालभरी नै विभिन्न कार्यक्रम गरी मनाईने जानकारी दिए।
मुगुवासीले पर्यटन वर्षमा स्थानीय उत्पादनलाई कोशेलीको रुपमा पर्यटकलाई उपलब्ध गराउनुपर्ने कृषि तथा शहकारी मन्त्री विमला केसीले बताइन्।
वन तथा पर्यटन उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीको गरिबी र भोकमरीलाई न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आयश्रोत वृद्धि गर्न प्रदेश सरकारले २०७५ साल भरि रारामा पर्यटन वर्ष मनाउने निर्णय गरेको बताए।
रारा–कर्णाली पर्यटन वर्षमा कम्तीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनको भनाई थियो।
रारामा फ्रि वाई फाई नेपालकै सबैभन्दा ठुलो ताल रारामा आउँदौ वैशाख १ गते रारा कर्णाली पर्यटन वर्ष २०७५को शुभारम्भ सँगै रारामा फ्रि वाई फाइ सेवा जडान गरिने भएको छ।
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाई फाई ब्यवस्था गरिने भएको हो।
रारा-कर्णाली पर्यटन वर्ष २०७५ को पूर्वतयारीका लागि मुगु आएका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सरकारका प्रवक्ता, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यस्तो बताएका हुन्।
रारा आउने पर्यटकले रारा तालको छेउमा बसी देश बिदेशमा राराको वर्णन सँगै रारामा आउदाँ मनोरञ्जनका लागि फ्रि वाई फाईको ब्यवस्था गरिने मन्त्रीहरुले बताएका हुन्।
‘भु-स्वर्ग जस्तो रारामा आउने पर्यटकलाई रारा तालको छेउमा बसेर पर्यटकलाई सूचना प्रविधिमा पहुँच पुर्याउन उनीहरुलाई अभ्यस्त बनाउन रारा थाल वरिपरी निःशुल्क वाई फाईको ब्याबस्था गरिन लागेको हो,’ आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री नरेश भण्डारीले भने।