२ महिनाअघिसम्म सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो। जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो। नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ।
पछिल्लो समय सुर्खेतका पर्यटकीय स्थलमध्येमा त्यहीँ ‘पाताल दरबार’ धेरैको रोजाईमा पर्न थालेको छ। आन्तरिक पर्यटकहरुले घुमफिरका लागि उक्त ठाउँ रोज्न थालेका छन्।
वीरेन्द्रनगर–२ मा पर्ने यो माटोका पहाड बनेका छन्। ती माटोका पहाडहरु दरबार आकृतिमा पनि बनेका छन् । बीचमा सानो मैदान समेत छ।
उक्त ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल गर्ने स्थानीय केशव कोईरालाका अनुसार जंगलको बीचमा दरबार आकृतिका माटोका पहाड र बीचमा चौर भएकाले यसलाई ‘पाताल दरबार’ नाम जुराईएको हो।
त्यहाँ अवलोकनका लागि जाने पर्यटकहरु अधिकांश पहिलोपटक गएका भेटिन्छन्। त्यहाँ गएका मानिसहरूले तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेपछि त्यहाँ पर्यटकहरु उत्सुकताका साथ पुग्ने गरको कोईरालाले बताए।
तस्विरः दिपकजंग शाही/सेतोपाटी