काठमाडौं, असार ६
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकि प्राकृतिक स्वास्थ्यका माध्यमबाट स्वस्थ समाज निर्माणको पक्षमा काम गर्दै आएको प्रकृतिप्रेमी समूहले आउँदो शनिबार अर्थात् असार ११ गते मनसुन हाइकिङ गराउने भएको छ।
उसले काठमाडौंको ब्रम्हखेलबाट हाइकिङ सुरू गरेर भक्तपुरको चाँगुनारायण मन्दिर, त्रिशूल डाँडा, तेलकोट भञ्ज्याङहुँदै पञ्चमहालक्ष्मी मन्दिरसम्म पदयात्रा गराउने छ।
यसरी करिब १५ किलोमिटर हाइकिङ हुने समूहले जनाएको छ।
‘हरियाली धानखेती हेर्दै, झ्याउँकिरीको संगीत सुन्दै हामी पदयात्रा गर्नेछौं’, समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनले भनिन्, ‘विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिर, पुरातात्विक महत्वको त्रिशुल डाँडा र पञ्चमहालक्ष्मी मन्दिर पनि दर्शन गर्ने छौं।’
समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार यसैगरि काठमाडौं उपत्यकामा हाइकिङ गराउँदै आएको छ। हाइकिङमा सहभागि हुन समूहको फोन नंम्बर ५५४१९९१ मा सम्पर्क गर्न सकिने छ ।
हाइकिङविज्ञ महर्जनकाअनुसार पदयात्रामा स्वास्थ्यबर्धक खाना खान प्रोत्साहित गरिन्छ। र, निरोगी रहन सिकाइन्छ।






