नेपाल पर्यटन बोर्डले एकादेशमा फिल्म फेस्टिबलको सहयोगमा #videoNepal प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा ७ मिनेटसम्मको भिडियो नेपाली पर्यटनका विविध विधा समेटेर पठाउन सकिनेछ पर्यटन बोर्डले शुक्रबार आयोजित कार्यक्रममा जानकारी गराइयो।
पहिलो, दोस्रो र तेस्रो हुनेले नेपालका विभिन्न गन्तब्यका सात रात आठ दिनको प्याकेजसँगै नगद पुरस्कार क्रमश पचास हजार, चालिस हजार र तीस हजार प्राप्त गर्नेछन्।
‘नेपालमा भएका सृजनात्मक भिडियो निर्माताका प्रतिभालाई प्रस्फुटन गर्न यो भिडियो प्रतियोगिताको आयोजना गरिएको हो’, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले भने।
यो प्रतियोगितामा सय भन्दा बढी सहभागी हुने विश्वास लिइएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले सिडी वा पेन ड्राइभमा भिडियो राखी नेपाल पर्यटन बोर्डको कार्यालयमा पोष्टबाट वा सोझै बुझाउन सक्नेछन्। निजी भिडियो बनाइ विभिन्न भिडियो प्लेटफर्मको लिङ्क भएमा
nnshortfilmcompetition@gmail.com मा इमेल गर्न सकिने बोर्डले जनाएको छ।
भिडियो पठाउने अन्तिम दिन डिसेम्बर ३१ तरिख २०१७ सम्म तोकिएको
छ।