अग्नि ग्रुपको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रालिले महिन्द्रा गाडीहरुको लागि घुम्ती सेवा थालेको छ।
यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोलीले बिग्रेको स्थानमा पुगी मर्मत गर्ने छ।
एक कार्यक्रमका बीच अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड काणलकर चैतन्य र म्यानेजर तपश पट्टनायकले संयुक्त रुपमा घुम्ती भ्यान र बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे।
बालाजु अटोवक्र्सले सञ्चालनमा ल्याएको घुम्ती भ्यानमा गाडी मर्मत गर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ। हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र मात्रै लागू गरिए पनि छिट्टै प्रमुख सहरहरुबाट प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।
विक्री पछिको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यस्तो कार्य थालिएको बालाजु अटोवक्र्सका सर्भिस हेड शिब सुदन श्रेष्ठले बताए।