अटोमोबाइल ब्राण्ड रेनोको भरतबाट सुरु भएको साहसिक यात्रा ‘ग्याङ्ग अफ डस्टरर्स’ले नेपालमा पहिलो पटक यात्रा थालेको छ।
९ दिनसम्म चल्ने यात्रा करिव १ हजार ४ सय किलोमिटरको हुनेछ। कात्तिक २४ गते २४ वटा डस्टर गाडीसहित भारतको लखनउबाट स्ुरु भएको यात्रा गोरखपुर हुँदै नेपाल प्रवेश गरेको हो।
टोलीले काठमाडौंको यात्रा पुरा गरिसकेको छ भने अब चितवन, पोखरा र लुम्बिनी हुँदै पुनः लखनउ पुग्नेछ। ‘ग्याङ्ग अफ डस्टरर्स रेनो इन्डियाले सुरु गरेको अभियानमा डस्टर धनीहरुलाई साहसिक, कठिन, विकट तथा रोमाञ्चक भूगोलहरुको यात्रा गराइएको कम्पनीले जनाएको छ।
यात्रामा अहिलेसम्म १ लाख भन्दा धेरै सदस्यहरु सहभागी भैसकेको कम्पनीको दावी छ। भारतमा ४ पाङ्ग्रे गाडीको साहसिक यात्रा समूदायमा यसको हिस्सा सबैभन्दा ठूलो भएको कम्पनीको दावी छ।
रेनो इन्डियनले शुरु गरेको यो अभियान नेपाल च्याप्टरले पनि छिट्टै सुरु गर्ने नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोबिलका प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले जानकारी दिए।
यस्तो प्रकारको यात्राले नेपालमा डस्टरको बजारलाई अझ सशक्त बनाउने कम्पनीको विश्वास छ।