सस्तो, स्टाइलिस र आधुनिक फिचर्सका कारण पछिल्लो समय टिभिएस स्ट्राइकरले नेपालको दुइपांग्रे सवारीको क्षेत्रमा राम्रो प्रभाव जमाइरहेको छ।
नेपालको लागि टिभिएस दुइपांग्रे र तीनपांग्रे सवारी साधनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले स्ट्राइकरलाई गत साउन २६ गते सार्वजनिक गरेको हो।
सार्वजनिक भएयता नै यो बाइक ग्राहकले अत्याधिक रुचाइरहेको कम्पनीको दावी छ। ग्राहकले यसको मूल्य, पिकअप, माइलेज, फिचर, लुक्स सबै मन पराएको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपककुमार अग्रवालले बताए।
‘यो छोटो समयमै १ हजार भन्दा धेरै स्ट्राइकर सडकमा गुड्न थालिसकेको छ, पहिले–पहिले डिलरहरु आरटिआरमा मात्र फोकस थिए भने अहिले करिव ५० प्रतिशत स्ट्राइकरको माग गरिरहेका छन्, अहिलेको स्थिति हेर्दा यसले भविष्यमा पनि राम्रो पकड लिने देखिन्छ’ उनले भने।
टिभिएसले ‘भ्यालु फर मनी’ मान्यतालाई बुझेको दावी गर्दै उनले भने ‘त्यही भ्यालुका कारण ग्राहकले १२५ सिसीको मूल्यमा १५० सिसीको फिचर्स पाइरहनुभएको छ।’
दैनिक अफिस जाने, शिक्षक, मार्केटिङमा काम गर्नेले धेरै रुचाइरहेको कम्पनीले जनाएको छ। यो बाइक नेपालकै लागि तयार पारिएको उनले बताए। यहाँको बाटो सुहाउँदो तथा ग्राहकको क्षमताअनुसारको मूल्य रहेको उनले बताए। धेरै माइलेज दिने भएकाले प्रतिकृया पनि राम्रो आएको अग्रवालले बताए।
‘केही समय अगाडि २० वटा स्ट्राइकर लाहान पठाएका थियौँ तर त्यो एकै दिनमा सकिएछ, ग्रहकले स्ट्राइकर अपत्यारिलो तरिकाले मनपराइरहनु भएको छ’ उनले भने।
यो बाइक उपत्यका बाहिर वीरगंज, जनकपुर, लाहान, बिर्तामोर्ड, बिराटनगर, धनगढी लगायतका क्षेत्रमा बढी गइरहेको कम्पनीले जनाएको छ। यसको मूल्य १ लाख ७४ हजार ९ सय भए पनि अहिले कम्पनीले ७ हजार छुट दिइरहेको छ।
कस्तो छ त बाइक ?टिभिएस स्ट्राईकर मोटरसाइकल तीन रङ्ग क्रिमसन ह्वाइट, भोल्क्यानो रेड र मेटालिक ब्लु (सेतो, रातो र निलो) मा उपलब्ध छ।
यसले अधिक ८.१ केडब्लु शक्ति र १०.८ एनएम टर्क उत्सर्जन गर्छ।
यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन छ। अगाडिको चक्कामा डिक्स र पछाडि ड्रम ब्रेक समावेश गरिएको छ।
१४.५ लिटर क्षमता भएको इन्धन ट्यांकी रहेको यो बाईकमा ट्युवलेस टायर, पूर्ण डिजिटल स्पिडोमिटर र पछाडि एलइडी बत्ति समेत रहेको छ।