राजधानीको चक्रपथमा अशोक लेल्याण्डका ३४ सिट क्षमताका बसहरु संचालनमा आएका छन्।
नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्सले १० वटा सुविधा सम्पन्न बसहरु भित्र्याएको हो। यी बस बुढानिलकण्ठ जमल सहिदगेट माईक्रो बस व्यवसायी समितिअन्तर्गतको बुढानिलकण्ठ यातायात प्रालिले सञ्चालन गरेको छ।
गाडीमा वाइफाइ, सिसिटिभी, लोकेसन जानकारी सिस्टमको सेवा उपलव्ध गराउने संस्थाका अध्यक्ष बाबुराज महर्जनले बताए।
महर्जनका अनुसार चक्रपथ परिक्रमा गरी बुढानिलकण्ठमा पनि बस पुग्नेछ। उनले भने ‘मापदण्ड पुरा गरी निकट भविष्यमा रुट नं ५ मा पनि बस सञ्चालनमा ल्याउँदैछौँ’
समिती सदस्य भरत बस्नेतले निकट भविष्यमा थप उत्कृष्ट गाडि सञ्चालनमा ल्याइने बताए।