नेपालका लागि अशोक लेलैण्ड भेकल्स्को आधिकारिक विक्रेता आई.एम.ई मोर्टस् प्रालि र साझा यातायतबीच अशोक लेलैण्डको सुविधा सम्पन्न डिलक्स बसहरु खरिद गर्ने सहमति भएको छ।
साझा यातायातको केन्दि«य कार्यालय पुल्चोक, ललितपुरमा आई.एम.ई मोर्टस् प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारी संस्था लि. का(मु(प्रमुख कार्यकारी अधिकृत महेन्द्रपाण्डेवीच सहमति भएको हो ।
उक्त बसहरुमा एक सय ८० एचपी भएको इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इन लाइन एफआईपी, एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने विशेषता हुन्छ।
नयाँ बसहरुले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रधान गर्ने कम्पनीले दाबी गरेको छ । उक्त बसहरुमा कम लागत,आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रुहरुले अनुभुति गर्न पाउने दाबी गरिएको छ।