प्रख्यात अमेरिकन कार निर्माता कम्पनी फोर्डको अल–न्यू फोर्ड इकोस्पोर्ट गाडी नेपाली बजारमा भित्रिएको छ।
आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले भित्र्याएको गाडी शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै जिओ अटो मोबाइल्सका निर्देशक आकाश गोल्छाले नेपालमा फोर्डका गाडीहरु निकै रुचाइने गरेकाले ‘अल–न्यू फोर्ड इकोस्पोर्ट’ लाई पनि उत्तिकै मन पराउने विश्वास ब्यक्त गरे।
कार्यक्रममा फोर्ड इन्डियाका माकेर्टिङ, सेल्स, सर्भिसका एक्जुकेटिभ डाइरेक्टर विनय रइनाले पहिलेको इकोस्पोर्ट नेपालमा ३ हजार भन्दा धेरै बिकेर इतिहास रच्न सफल भएको तथा ‘अल–न्यू फोर्ड इकोस्पोर्ट’ले त्यो इतिहास दोहोर्याउने बताए।
यो गाडी डिजेल र पेट्रोल दुबै भेरियन्टमा उपलब्ध छ। यसको सुरुवाती भेरियन्टको मूल्य ३३ लाख ९० हजार छ भने अन्तिम भेरियन्टको मूल्य ४९ लाख ९० हजार निर्धारण गरिएको छ।
पेट्रोल भेरियन्टमा एक दशमलव ५ लिटर टिआई भिसिटीमा तीन सिलिन्डरयुक्त इन्जिन राखिएको छ र यसले १२३ पीएस पावर शक्ति प्रदान गर्छ ।
यसमा राखिएको इन्जिन पहिलाको इको स्पोर्टस् को तुलनामा सानो, हलुका र कार्य कौशलपुर्ण रहेको कम्पनीको दावी छ।
इको स्पोर्टस् नयाँ प्रविधिका साथै भरपुर सुरक्षा तथा स्टाइललाई राखेर बनाइएको छ ।
यो गाडीमा डुअल फन्ट एयरब्याग र एबीएस रहेको छ। अटोमेटिक ट्रान्समिसन, अइट इन्ज फ्लाटिङ टच स्क्रिन उपलव्ध छ। साथै इमर्जेन्सी ब्रेक एसिष्ट र ट्रयाक्सन कन्ट्रोल सिस्टमजस्ता सुरक्षामा समेत ध्यान दिइएको छ।
फोर्ड इको स्पोर्टस्ले पेट्रोल इन्जिनमा म्यानुअल ट्रान्समिसनका साथै ६ स्पीड अटोमेटिक ट्रान्समिसन गेयर उपलब्ध गराएको छ। डिजेल गाडी मन पराउनेहरुका लागि नयाँ इको स्पोर्टस्मा ५ गेयर मात्र उपलब्ध छ।
डिजल गाडीले सय पीएस को शक्ति र २३ एमलको फ्युल इफिसेन्सी दिन्छ। दुबै गाडीमा आफ्नो स्मार्टफोन जोड्न मिल्ने स्वर आदेशहरु पनि दिन सकिन्छ।
यसमा भएको एप्पल कार प्ले र एन्ड्रोएड अटो कम्पाटिवलले चालकहरुलाई फोन गर्न, मेसेजहरु पठाउन र पाउन, बाटोको दिशा हेर्न सहज बनाउँछ।
सातवटा रङ्गमा उपलव्ध गाडीमा १६ सय भन्दा बढी नयाँ पुर्जा राखेर बनाइनुका साथै नयाँ शक्तिशाली इन्जिन राखेर प्रस्तुत गरिएको कम्पनीको दावी छ।
गाडी सार्वजनिक कार्यक्रममा टेस्ट ड्राइभ, लाइभ म्युजिक, लगायत विभिन्न खेलहरुको समेत आयोजना गरिएको थियो।