नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी टे«डिङ्गले ग्लोबल सर्भिस क्याम्प सुरु गरेको छ। आजदेखि सुरु भएको उक्त क्यम्पमा टाटाका गाडीदेखि चालकसम्मको लागि विभिन्न सुविधाहरु राखिएको कम्पनीले जानकारी दिएको छ।
बिहीबारसम्म चल्ने नेपालमै उक्त क्याम्पको टाटा मोटर्सका प्रबन्धक निर्देशक गुन्टर बुशेक र अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप माइत्राले संयुक्तरुपमा उद्घाटन गरेका थिए। नेपालमा टाटाको आधिकारीक व्यापार सुरु भएको ३५ वर्ष भएपनि बित्दा पहिलो पटक टाटाका सिईओ तथा प्रबन्धक निर्देशक नेपाल आएका हुन्।
उक्त क्यम्पमा टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुने सिप्रदीले जनाएको छ। चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको ओरिजिनल पार्टसमा १० प्रतिशत छुट,गाडीको सम्पूर्ण स्वास्थ्य जाँच, उत्कृष्ट माईलेज अवार्ड, निःशुल्क लेबर चार्ज उपलब्ध हुने कम्पनीले बताएकाे छ।