अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ गस्टो आरएस नेपाली बजारमा प्रस्तुत गरेको छ।
यस नयाँ गस्टोमा १०९.६ सिसीको सिङ्गल सिलिण्डर, एयर कुल्ड इन्जिन समावेस छ, जसले ८ बिपिएच पावर र ९ एनएमको पिक टर्क दिन्छ।.१ लाख ६७ हजार ५०० रुपैयाँ मूल्य तोकिएको स्कुटर विभिन्न रंगहरुको संयोजनका साथमा उपलब्ध छ।
यसमा स्पोर्टी बडिग्राफिक्सको साथ रातो र सेतो रंगका साथ साथै नीलो र सेतो रंगको आकर्षक संयोजन गरिएको छ। नयाँ गस्टो आरएसमा १२ इन्च टायरको साथमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको बताइएको छ।
त्यस्तै ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ। डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुँचका लागि आकर्षक फन्ट स्टोरेज पनि राखिएको छ।
गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, सुविधा र आकर्षक रुपमा प्रस्तुत गरिएको दावी गर्दै कम्पनीले यसको प्रवद्र्धनका लागि ‘एस्पायर टु मोर’ स्लोगन दिएको छ। विशेषगरी यस स्कुटर युवा वर्गलाई लक्षित गरि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।