मारुती सुजुकीले भारतमा स्पोर्टी ‘सेलेरियो एक्स’ लन्च गरेको छ। कम्पनीले भारतीय बजारमा यसको मूल्य ४ लाख ५७ हजार देखि ५ लाख ४२ हजार तय गरेको छ।
नयाँ ‘सेलेरियो एक्स’ ४ भेरियन्ट ‘भिएक्सआई, भिएक्सआइ(ओ), जेटएक्सआई र जेटएक्सआइ(ओ)’ मा उपलब्ध छ। यी सबै मोडल पहिलेको सेलेरियो जस्तै पेट्रोल इन्जिन अप्सनमा मात्र उपलब्ध छ।
९९८ सिसी इन्जिन क्षमताको ‘सेलेरियो एक्स’ले ६७ बिपिएच पावरमा ९० एनएम टर्क उत्सर्जन गर्छ। मारुती सुजुकीले अहिलेसम्म भारतमा ३ लाख भन्दा धेरै सेलेरियो बेचिसकेको जनाएको छ।