काठमाडौँको चावहिलमा फोर्डको सुविधासम्पन्न शोरुम संचालनमा आएको छ।
शोरुममार्फत बिक्री तथा त्यसपश्चातको सेवा दिने कम्पनीले जनाएको छ। ग्राहकलाई सरल रुपमा उच्चस्तरीय सुविधा दिनका लागि शोरुम संचालनमा ल्याइएको शाखाका उपाध्यक्ष लक्ष्मीराम कुमारले बताए।
फोर्डले अफ्ना ग्राहकलाई सेवा–सुविधा दिन कुनै सम्झौता नगर्ने जिओ अटोमोवाइल्सका निर्देशक आकाश गोल्छाले बताए।
१२ हजार वर्ग फिटमा फैलिएको यो शोरुममा २५ जना कर्मचारी कार्यरत छन्। त्यस्तै यहाँबाट दैनिक १५ देखि २० वटा कारलाई सर्भिस दिन सकिने कम्पनीको दावी छ।