टाटा कम्पनीले उत्पादन गरेका सेमी लो फ्लोर बसहरु नेपाली सडकमा संचालन भएका छन्। नेपालका लागि आधिकारित बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लिले ल्याएका टाटा मार्कोपोलो अल्ट्रा ३९ सिट क्षमताका सेमी लो फ्लोर बसहरु संचालन भएका छन्।
मध्य उपत्यका नगर यातायातले आजबाट भक्तपुर देखि कोटेश्वर, एयरपोर्ट, गौशाला, रातोपुल, नक्साल, टिचिङ्ग हस्पिटल, नारायणगोपाल चोक सामाखुसी, नयाँ वसपार्क, स्वयम्भु, कलंकीका साथै विभिन्न रुटमा संचालन गर्ने गरी उद्घाटन गरेको छ।
हाल १३ बसबाट सेवा सुुरु गरेको यातायातले आगामी दिनमा थप यस्तै टाटाका नगर वसहरु थपी काठमाण्डौँ तथा भक्तपुरका जनतालाई मास ट्रान्सपोर्ट सेवा दिने अध्यक्ष प्रकाश डंगोलले जानकारी दिए।