सुजुकीले ३ दिने कार एक्स्चेञ्ज क्याम्प आयोजना गर्ने भएको छ।
आधिकारिक विक्रेतासीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालभर पुस ७ देखि ९ सम्म एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्न लागेको हो।
देशभर रहेका विक्री केन्द्र मार्फत क्याम्प सञ्चालन गरिने कम्पनीले जनाएको छ। क्याम्प मार्फत कम्पनीले विशेष एक्स्चेञ्ज अफरका रुपमा छानिएका मोडलहरुमा ७५ हजार रुपैयाँसम्मको बोनसका साथै प्रतिस्पर्धात्मक छुट पनि उपलब्ध गराउने जनाएको छ।
क्यम्पमा कम्पनीले अन स्पट भ्यालुएसनका साथै फाइनान्स सुविधापनि प्रदान गर्ने छ। सुजुकीका अनुसार क्याम्प अवधिभर पुराना कारका लागि उत्कृष्ट भ्यालुएसनका साथै चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने उपभोक्तालाई सम्पूर्ण जानकारी दिइने छ।