बजाजले तीन पांग्रे आरईको बारेमा जानकारी दिने उद्देश्यका साथ टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ।
पर्साको वीरगन्जमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरुले शनिबार, आइतबार र सोमबार बजाज आरइको विषयमा जानकारी दिन सडक नाटक प्रस्तुत गरेका थिए।
थ्री ह्वीलर आरइले स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्देश्यका साथ यात्रु बोक्न मिल्ने तीन पांग्रे साधन बिक्री गर्दै आएको छ। वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेकालाई देश भित्रै रोजगारीको अवसर सिर्जना भई आर्थिक रुपमा सम्पन्न बनाउन पनि मेला सहयोगी भएको कम्पनीको भनाइ छ। ‘एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी’ भन्ने नाराका साथ मेला सम्पन्न गरिएको छ।
कार्यक्रममा ५ हजार भन्दा बढी मानिस सहभागी भएको कम्पनीको दावी छ। मेलामा ७६० वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २० वटा बजाज आरइ बुकिङ भएको थियो।