भारतीय मोटर्स कम्पनी अशोक लेलैन्डको नेपालका लागि आधिकारिक वितरक आइएमइ मोटर्सले ट्रेलरसहितको ट्रक भित्र्याएको छ।
‘यु ४०१९ ट्रकबाट ग्यास सिलिण्डर ढुवानी गर्न सहज हुने कम्पनीको भनाइ छ। यसमा ३९ फिट साइड वाल भएको डबल एक्सल ट्रेलर छ।
‘इन लाइन फ्युल इन्जेक्सन’, पम्प, अत्यधिक माइलेज, बलियो फ्रेम, आरामदायी यु क्याबिन लगायतका विशेषता यसमा रहेको आइएमइले जनाएको छ।