नारायणी यातायात ब्यवसायी संघको निर्वाचन यही पुस २७ गते हेटौंडामा हुदैँछ। संघको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने छ। संघको नयाँ नेतृत्वका लागि गोकर्ण पराजुली र हिरालाल श्रेष्ठले प्यानल नै बनाएर चुनावी प्रतिष्प्रर्धामा उत्रिएका छन् । पराजुली र श्रेष्ठले यसअघि संघको नेतृत्व गरिसकेका छन् ।
गोकर्ण पराजुलीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शुभाष पौडेल, उपाध्यक्षमा दीपक शिवाकोटी, महासचिवमा धुब्रप्रसाद विडारी, कोषाध्यक्षमा किरण पौडेल, सचिवमा शालिकराम ढकाल,हिराकाजी श्रेष्ठ,रामेश्वर सेढाईँ,राजेश थापा, सह कोषाध्यक्षमा गोपाल कार्की उठ्दैछन् ।
त्यस्तै सदस्यमा राजु पौडेल, यादव थपलिया, खोमराज काफ्ले,तिलक कार्की, अविनाश गजुरेल,जयराम कँडेल, इन्द्रकुमार त्रिपाठीले उमेद्वारी दिने भएका छन् ।
त्यस्तै विरगंज क्षेत्र उपाध्यक्षमा नारायण श्रेष्ठ, सदस्यमा देवतामणी उपाध्याय,पुष्पराज श्रेष्ठ उठ्ने पक्का भएको छ।
नारायणघाट क्षेत्रबाट शेषमणी बर्तोला, इश्वर पनेरु, सुरेन्द्र पाण्डे र नबिन भण्डारी उठ्दैछन् । काठमाडौं क्षेत्रबाट सुरेन्द्र उप्रेती, ज्ञानेन्द्र दाहाल र गितामणी काराखेती उठ्ने निश्चित भएको छ।
त्यस्तै हिरालाल श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा किरण कटुवाल, उपाध्यक्षमा विष्णु विडारी, महासचिवमा सरोजकुमार खनालले उमेद्वारी दिने पक्का भएको छ।
त्यस्तै कोषाध्यक्षमा राजेश खड्गी, सचिवमा ठाकुरनाथ सुवेदी, देवनारायण लामिछाने, गुणराज घिमिरे,सुरेश खड्गी र सहकोषाध्यक्षमा कपिल कुमार बानियाँ उठ्दैछन् ।
यात्रुबहाक सदस्यमा डम्बरबहादुर गोपाली, ट्यांकर सदस्यमा केशवकुमार उप्रेति, सदस्यहरुमा कुमार बर्तौला,विश्वराज राई,पुरुषोत्तम पुडासैनी, भिम बास्तोला, विष्णुलाल श्रेष्ठ, इन्द्रबहादुर भ्लोन, अशोककुमार पोखरेल उठ्दैछन् ।
विष्णु पंगेनी, कमल शाह, विनोदकुमार मानन्धर, सोमबहादुर पोखरेल,श्रीकृष्ण खनाल, पुरुषोत्तम रिजाल र रमेश खत्रीले उमेद्वारी दिन प्यानल नै बनाएका छन् ।