टाटा ‘नेक्सन’ गाडीको बुकिङ खुला भएको छ। सिप्रदीले नेपालमा पहिलो पटक गाडी नै नल्याई बुकिङ खुला गरेको हो।
अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका कारण आफूहरुले गाडीको मूल्य नखुल्दै बुकिङ खोलेको सिप्रदी ट्रेडिङका चिफ अपरेसन अफिसर राजेशप्रसाद गिरीले जानकारी दिए।
‘हामी यो गाडीप्रति निकै विश्वस्त छौँ, यदी कसैले गाडी बुकिङ गरेर किन्ने बेला मन पराएन भने २५ प्रतिशत रकम थपेर फिर्ता गर्छौँ’ गिरीले दावी गरे।
नेक्सन बुकिङ गर्ने पहिलो सय जना ग्राहकलाई १ वर्षको लागि निशुल्क इन्धन, १ वर्षसम्म सर्भिसिङ गर्दा चाहिने लुब्रिकेन्ट, फिल्टर लगायतका सुविधा दिइने उनले बताए।
खरिद गरेको ३ वर्षभित्र गाडी रिसेल गर्न ल्याएमा कम्तिमा ७५ प्रतिशत भ्यालुयसन गरिने कम्पनीले जनाएको छ।
ग्राहकले १ वर्ष अगाडिदेखि नेक्सन खोजिरहेकोले सिप्रदीको विश्वास उच्च रहेको गिरी बताउँछन्। ‘यो गाडीमा हाम्रो अपेक्षा उच्च थियो अहिले यसको सोधपुछ र बुकिङ हेर्दा त्योभन्दा धेरै राम्रो पाएका छौँ, छलफल गर्न आएका केही बुकिङ नै गरेर गएका छन्’ उनले सेतोपाटीसँग भने।
नेक्सनले एनडिटिभी कार तथा बाइक अवार्डस् २०१८ मा ‘बेस्ट सब कम्प्याक्ट एसयुभी अफ द इयर’ को अवार्ड समेत हात पारेको छ। यसको डिजाइन नौलो र सडकमा गुडाउँदा सहज अनुभुती हुने कम्पनीले जनाएको छ।
रिभोट्रोन सिरिजको १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको एसयूभीमा सहज र सरल ड्राइभको लागि ६–स्पिड ट्रान्समिसन समावेश गरिएको छ।
यसको पेट्रोल इन्जिनले १ सय १० पिएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पिएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ। यो आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै टर्कयुक्त गाडी भएको कम्पनीको दावी छ।
गाडीको २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएको कम्पनीले जनाएको छ। अफरोड यात्राको लागि पनि गाडी उत्कृष्ट रहेको कम्पनीको भनाइ छ।
यसमा ६. ५ इन्चको टच स्क्रिन फ्लोटिङ ड्यासबोर्ड म्युजिक सिस्टम समावेस गरिएको छ।
सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक बे्रकिङ सिस्टम विथ इबिडी’ समावेश छ। रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर्स समावेस छन्।
आरामपुर्वक गाडी चलाउन नेक्सनमा उच्चस्तरीय ‘फोम’बाट बनाइएको सीटहरु, यू–टर्नहरुमा सहजता पुर्वक ड्राइभिङको लागि ईलेक्ट्रिक पावर स्टेरिङ समावेश गरिएको छ।
त्यस्तै यसमा प्रिमियम थ्री–टोन ड्यासबोर्ड छ। यसमा भएको इको, सिटी र स्पोर्टमध्य चालकले आवश्यकता अनुसार ड्राइभिङको सहजता पाउन सक्नेछन्।
समान कुलिङका लागि रियर ब्लोअर र अटोमेटिक क्लाइमेट कन्ट्रोलका साथै भोइस कमान्ड र टाटा स्मार्ट रिमोट एप समावेश छ।
वाइड–एंगल क्यामरा र एडभान्स अल्ट्रासोनिक सेन्सर युक्त रिभर्स पार्किङ्ग सहायता समावेस गरिएको छ। चाबीको झण्झट मुक्त गर्न कम्पनीले यसमा पुुस बटन स्टार्ट र सुविधाजनक नियन्त्रण गर्न मिल्ने इलेक्ट्रिक फोल्डेबल मिरर जडान गरेको छ।
नेपालमा प्यासेन्जर कारको मात्र २६ वटा सर्भिस सेन्टर, देशभर मोवाइल सर्भिस भ्यान, स्पेयर पार्टसको संजाल, टोल फ्रि नम्बर लगायतको सुविधा दिइँदै आएको कम्पनीले जनाएको छ।
‘हाम्रो लागि सबैभन्दा ठूलो कुरा ग्राहकको सन्तुष्टी हो’ गिरिले भने ‘नेक्सन वर्ल्ड क्लास प्रोडक्ट र बेस्ट फिचर्स भएको प्रोडक्ट हो त्यस्तै कम्प्याक्ट एसयुभीमा नदेखिएको डिजाइन यसमा देख्न सकिन्छ।’
कम्प्याक्ट एसयुभी खोजिरहेका र प्रिमियम ह्याचब्याकबाट अपग्रेट हुन चाहनेको लागि नेक्सन राम्रो विकल्प भएको उनको भनाइ छ।