निसानका गाडीहरुको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एसयुभि ‘न्यू टेरानो’ सार्वजनिक गरेको छ। १.६ लिटर डिजेल र पेट्रोल दुबै इन्जिनमा यो उपलब्ध छ।
कारमा न्यू प्रिमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रिन नेभिगेसन सिस्टम, स्टिरेङ्ग माउण्टेन अडियो÷फोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर, एन्टि पिच ड्राइभर साइड विन्डो र न्यू स्टेरिङ ह्विल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन्।
सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरव्याग, इविडि, हिल एस्र्टाट एसिस्ट एबिएस, बिए र इएसपिको साथमा कार उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सार्क राष्ट्रलाई लक्षित गरी बनाइएको न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभिङको सुविधा उपलब्ध छ। यसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ। यसले शहरको ट्राफिकदेखि हाइवेसम्म आनन्दको ड्राइभिङ अनुभव मिल्ने कम्पनीको दावी छ। यसलाई उत्कृष्ट इन्जिनियरिङ तथा आकर्षक र बलियो डिजाइनमा निर्माण गरिएको कम्पनीको दावी छ।
यसमा रहेको २ सय ५ मि.मि. को ग्राउण्ड क्लियरेन्सले नेपालका सडकहरुमा सरलता पुर्वक चलाउन सकिन्छ। यसमा सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मि टर्निङ रेडियस रहेको कम्पनीले जनाएको छ।
यसले प्रतिलिटर १९.६४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। ग्राहकको इच्छा र मूल्य मान्यतालाई पुरा गर्ने प्रतिबद्धतालाई न्यु निशान टेरानोले पुरा गर्ने सारडा गु्रपका निर्देशक सन्दिप सारडाले बताए।
निशान मोटर्सले कारमा एक वर्ष अथवा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराए पनि नेपालमा पायोनियर मोटोकर्पले थप २ वर्ष वा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ।
कम्पनीले ललितपुरको खुमलटारमा अत्याधुनिक सुविधासहितको सर्भिस सेन्टर बिस्तार गरेको छ भने उपत्यकाबाहिरका १२ वटा स्थानबाट ३ एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सेवा उपलब्ध गराउने जनाएको छ।
२ भेरियन्ट्समा उपलब्ध यस कारको मूल्य कम्पनीले एक्सएलपीको ४२ लाख ९९ हजार र एक्सभिडी प्रि ११० पीएसको ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।