अशोक लेल्यान्ड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘क्याप्टेन’ टिप्परको बिक्री वितरण थालेको छ।
क्याप्टेन सिरिजका टिप्परमा उच्च माइलेज रहेकाले सवारी सञ्चालन लागत कम हुने कम्पनीले जनाएको छ।
यसमा पर्याप्त विद्युतीय विशेषताहरु भएकोले चलकलाई गाडीको अवस्थाहरुको बारेमा सहज जानकारी हुने कम्पनीको भनाइ छ।
आरामदायी क्याबिन, ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टेयरिङ्ग, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ।
भारतमा सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका ट्रक तथा टिप्परहरु १६ देखि ४९ टनसम्मको क्षमतामा उपलव्ध छन्। अशोक लेलैण्ड ट्रकले नेपाली बजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको र नयाँ क्याप्टेनले यसको बिरासतलाई अगाडि बढाउने आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए।
कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेल्यान्ड ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुज कथुरिया लगायतको उपस्थिति थियो।
हिन्दुजा ग्रुपअन्तर्गत अशोक लेल्यान्ड भारतीय उत्पादक कम्पनी हो। जसको भारतको चेन्नाईमा मुख्यालय छ। १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक, टिप्पर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो।