निर्माण उपकरणको बिक्री वितरण गर्दै आएको व्यापारिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्स्ट्रक्सनको शोरुम संचालनमा ल्याएको छ।
शोरुमबाट विभिन्न कन्स्ट्रक्सन इक्वीपमेन्ट तथा पार्टपूर्जाको बिक्री वितरण र सेवा प्रदान हुने कम्पनीले जनाएको छ। योसहित देशभर १३ स्थानहरु सेवा प्रदान हुन थालेको जगदम्बाले जनाएको छ।
धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनयकुमार यादव र जगदम्बा मोटर्स हेवीइक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयूक्त रुपमा शोरुमको उदघाटन गरे।
सो अवसरमा प्रमुख देउजाले निर्माण क्षेत्रमा सघाउनका लागि कम्पनी निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। अन्य स्थानमा पनि शोरुम संचालन गर्दै लगिने उनले बताए।