महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले ‘केयर क्लव’ सुविधा संचालन गर्ने भएको छ।
यसअन्तर्गत माघ १७ गते देखि १९ सम्म सामाखुसीस्थित सर्भिस सेन्टरमा फ्री सर्भिसिङ्गको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरुलाई विक्रीपछिको गुणस्तरीय एवं जिम्मेवार युक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो।
यसअन्तर्गत ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्ने बताइएको छ।
यसका अतिरिक्त जेन्यून पार्टसहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि दिइने बताइएको छ। कम्पनीका अनुसार अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट १२ सय रुपैयाँ तिरी विशेष सदस्यता लिन सकिनेछ।