फागुनदेखि दुई पांग्रे सवारी साधानमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सरु हुने भएको छ।
यातायात व्यवस्था कार्यालय, बागमतिमा दर्ता भएका सरकारी, संस्थान र निजी दुई पांग्रे सवारीले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ।
नम्बर प्लेट जडानको लागि सवारी धनीले
www.dotm.gov.np OR
www.hsenp.dotm.gov.np लिङ्कमा गई तोकिएको आफ्नो सम्पूर्ण विवरण भरी अनलाइन निवेदन दिनु पर्नेछ। इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सवारीधनीले आफ्ना सवारी साधनको हालसम्मको राजश्व चुक्ता गरेको हुनुपर्ने छ।
इम्बोस्ड नम्बर प्लेट जडान वापतको दस्तुर २ हजार ५ सय तोकिएको छ। मातातीर्थस्थित यातायात व्यवस्था कार्यालयको आर्थिक प्रशासन शाखा वा सो कार्यालयले तोकेको बैंकमा यो रकम जम्मा गर्नुपर्नेछ।
राजश्व फरफारक नगरी इम्बोस्ड नम्बर प्लेटका लागि मात्र रकम जम्मा गरेमा प्लेट उपलब्ध नगराइने र यसमा सवारीधनी नै जिम्मेवार हुने विभागले जनाएको छ।