नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहाको लाहानमा नयाँ शोरुम खोलेको छ।
एमएडब्लुले ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा दिने उद्देश्यले यो शोरुम सन्चालनमा ल्याएको होे।
नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गरेकि थिइन्।
एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव साहले अब आफु सँग हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन समेत रहेको र ग्राहकलाइ गुणस्तरीय सर्भिसिङ दिने बताए।
यामाहाले नेपालमा विभिन्न प्रकारका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ।
स्कुटरमा यामाहाको फेसिनो, रे जेड्आर र रेजी गरी तीन मोडेल छन्। मोटरसाइकलमा एफजेड–एस, एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन्।
यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सी.सी क्षमता भएको एफजेड २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो।
छोटो अवधिमै एफजेड २५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको कम्पनीले जनाएको छ।
यामाहाको ‘आर’ सिरिज र ‘एफजेड’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र माइलेज बढी पाइने कम्पनिले जनाएको छ।