मारुति सुजुकिले ट्याक्सीको लागि नयाँ मोडल (सेलेरियो टुर एच टु) भेरियन्ट लन्च गरेको छ।
नयाँ मारुति सुजुकी (टुर एच टु) लाई स्वीफ्ट (एल.एक्स.आइ) र अल्टो (एलएक्स.ओ) बीचको मध्यम स्तरमा बनाइएको हो।
यो (एच टु) कार ( एल.एक्स.आइ) मोडल भन्दा केहि महंगो हुने श्रोतले जनाएको छ।
यो कारलाइ क्याब र ट्याक्सी सर्भिसलाइ ध्यानमा राखेर ल्याइएको हो।
यसमा फ्रि फिटेड स्पिड लिमिटिङ डिभाइस स्टान्टर्ड जडान गरिएको छ। यसलाइ भारतीय स्पिड लिमिटको नियम अनुसार जडान गरिएको हो।
यसको टप स्पिड लिमिट ८० कि.मी प्रतिघण्टा ताकिएको छ।
९९८ सी.सी क्षमता भएको यो कारमा ३ सिलिन्डर पेट्रोल इन्जिन छ।
६८ बि.पि पावर क्षमता र ५ गियरको स्पिड रहेको यो कारको तौल ८५० के.जी रहेको छ।
क्याबिन क्षमता (चालक सहित) ५ जना प्यासेन्जर अटाउन सक्छन्।
फ्युल ट्यांक २३५ लिटर क्षमता सहितको यो कारको मुल्य ४.२० लाख भारु रहेको श्रोतले जनाएको छ।