संसारको सबैभन्दा ठुलो २ पांग्रे कम्पनी हिरो मोटोकर्पले मेस्ट्रो एज १२५ र डोएट १२५ सिसी स्कुटर भारतमा लन्च गरेको छ।
नयाँ मोडलको मेस्ट्रो एज र डोएट पुरानो ११० सिसी भर्जनमा आधारित छ। यि स्कुटरमा कस्मेटिक अपडेटको साथै फिचर्समा पनि अपडेट गरिएको छ।
मेस्ट्रो एजमा ११० सिसी कै एक्सपान्डेड भर्जनको इन्जिन समावेस छ र यो शहरी प्रयोगको लागि अझ सरल हुनेगरी बदलाव गरिएको छ।
यी नयाँ मोडलहरुमा पुरानो पहिचान रहने गरी अपडेट गरिएको छ। त्यस्तै नयाँ फिचर्समा एनालग इन्स्ट्रुमेन्ट कल्सटरको साथमा डिजिटल डिस्प्ले र आइडल स्टार्ट–स्टप सिस्टम समावेस गरिएको छ।
मेस्ट्रो एज १२५ र डोएट १२५ दुवैमा १२५ सिसी सिंगल–इनर्जि सिलिन्डर बुस्ट इन्जिन दिइएको छ, जसले ६ हजार ७ सय ५० आरपिएम, ८.७ बिपिएचको पावर र ५ हजार आरपिएम १०.२ एनएमको पिक टर्क उत्सर्जन गर्छ।
त्यस्तै स्कुटरमा अप्सनल फ्रन्ट डिस्क ब्रेक र एन्टीग्रेटेड ब्रेकिङ सिस्टम दिइएको छ।
त्यसैगरी अन्य फिचर्समा सिंगल स्ट्यान्ड इन्डीकेटर, सर्भिस रिमाइन्डर, पास स्विच, एक्सटर्नल फ्युल फिलिङ आदी रहेका छन्।
हिरोका नयाँ स्कुटरलाई भारतको जयपुर स्थित कम्पनीको सेन्टर अफ इनोवेशन एण्ड टेक्नोलोजिमा बिकास गरिएको हो।