इतिहासमा कारको प्रयोजन २०औं शताब्दि देखि सुरु भएको हो। १८८६ पछि ‘बेन्ज प्याटेन्ट मोटरवागन’को आगमन संगै कारको दुनियाँमा मोडन कारको सुरुवात भएको थियो।
२१ औं शताब्दि सम्म आइपुग्दा बनेका संसारका केहि द्रुत गतिका कार यस प्रकार छन्।
एस.एस.सि अल्टिमेट एरोअमेरिकी कम्पनी ‘सेल्बी सुपरकार’ले तीन वर्ष लगाएर बनाएको कार हो अल्टिमेट एरो। एस.एस.सी अल्टिमेट एरो कार संसारकै चौंथो द्रुत गतिको कार मानिन्छ।
यसको अधिकतम स्पिड ४११ कि.मी प्रतिघण्टा रेकर्ड गरीएको छ। यो कारमा ११८३ विसएचपि हर्स पावर रहेको छ। यो कार २.७ सेकेण्डमा १०० कि.मि प्रतिघण्टा पुग्न सक्ने क्षमता राख्छ।
तिनवटा टर्वोचार्ज स्ट्रोक प्रयोग भएको यो गाडिको भार कम गर्न निर्माता कम्पनीले आल्मुनियम र कार्वन फाइबरको प्रयोगलाई प्राथमिकतमा राखेर बनाउँदा अल्टिमेट एरोको तौल १,२३७ के.जी पुगेको छ।
कर्निसेग अगेरा आरएक महिनामा दुइवटा मात्र कार उत्पादन गर्ने स्विडिस कम्पनी ‘कर्निसेग’ले यो कार सन् १९९४मा बनाएको हो।
कर्निसेग सानो कम्पनी भएपनि राम्रो उत्पादन प्रदर्शन गर्ने कम्पनी मानिन्छ। कम्पनीले २०११ देखि २०१४ सम्म १८ वटा अगेरा आरको नमुना गाडि बनाएको थियो।
अगेरा आरको अधिकतम स्पिड ४१८ कि.मि प्रतिघण्टा मापन गरिएको छ।
ट्विन टर्बो इन्जीन र कार्बन फाइबर बडी रहेको यो कारलाइ ३०० कि.मी प्रतिघण्टा पुग्न २१ सेकेण्ड मात्र लाग्छ। यो कारमा ११५५ बि.एच.पि हर्स पावर रहेको छ। यसको वजन १२९० के.जी रहेको छ।
बूगाटी भेरोन सुपरस्पोर्टफक्सवागन कम्पनीको सबै भन्दा द्रुत गतिको उत्पादनमा भेरोन अग्रस्थानमा पर्छ। ४३१ कि.मी प्रतिघण्टा अधिकतम स्पिड रेकर्ड गरिएको यो कारमा १२०० बि.एच.पि हर्सपावर छ।
यो कारको वजन १,३९८ के.जी रहेको छ। बुगाटी ४१५ कि.मि प्रतिघण्टा पुग्न मात्र ५५ सेकेण्डको समय लाग्छ। यसको १६ सिलिन्डर इन्जीन र ठुलो टर्बो र इन्टरकुलरको प्रयोगबाट १००१ बाट १२०० हर्सपावर बुस्ट हून्छ।
हेनेजे भेनोम जि.टियसको ट्विन टर्बो इन्जीन टेक्ससमा बनाइएको हो। एसेम्बल र परिक्षण बेलायतमा गरिएको यो कारको गति ४४२ कि.मी प्रतिघण्टा मापन गरिएको थियो।
१२४४ बि.एच.पि हर्सपावर रहेको यो कार स्पिडको आधारमा संसारको दोश्रो द्रुत गतिको कार मानिन्छ। ३२० कि.मी प्रतिघण्टाको स्पिड लिन यसलाइ मात्र १४.५ सेकेण्ड लाग्छ।
कर्निसेग वनः१संसारका रोड कारमा ४५० कि.मी प्रतिघण्टा स्पिड मापन गरीएको यो पहिलो कार हो।
१३४१ बि.एच.पी हर्सपावर रहेको यो कारले २०१४ मा जेनेभा अटो सो मार्फत सबै भन्दा छिटो गतिको कार बनाउन सफल भएकोमा ताज प्राप्त गर्न सफल भएको थियो। २० सेकेण्डमा ४०० कि.मी प्रतिघण्टा स्पिड पुग्न सक्ने यो कार अहिले सम्म कै पहिलो द्रुत कार मानिएको छ। (एजेन्सीको सहयोगमा)