रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटो मोवाइलले रेनो क्विड टेस्ट ड्राइभ र कार डिस्प्ले इभेन्ट आयोजना गरेको छ।
रेनो क्विड १.० ‘लिइभ फर मोर’ नाम दिइएको यस कार्यक्रममा ग्राहकले टेस्ट ड्राइभ र कारको बिषयमा जानकारी पाएका थिए।
यस कार्यक्रमले ग्राहकलाई खरिद गर्नु अघि कारको बारेमा जानकारी प्राप्त गर्ने अबसर प्रदान गरेको थियो।
नक्सालको निलगिरी रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ५० जना ग्राहकले नक्साल एरियामा टेष्ट ड्राइभ गरेको कम्पनीले जनाएको छ।
क्विडले प्रति लिटर २५.१७ किलोमिटर माइलेज दिने, यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम र ७ इन्चको टचस्कृन इफोरटेनमेन्ट सिस्टम जडान भएको कम्पनीले जनाएको छ । यसमा रिमोट कन्ट्रोल लकिङ सिस्टम जडान पनी रहेको छ।
रेनोले यस्ता कार्यक्रम उपत्यमा मात्र नभएर नेपालका मुख्य शहरहरुमा पनि आयोजना गर्ने बताएको छ ।
क्विड बाहेक रेनोको ‘रेनो वाउ अफर’ देश भरि नै भब्य रुप संचालन भईरहेको कम्पनिले जनाएको छ।