अग्नि मोटो इन्कले मोजो बाइक हालै हेटौंडामा आफ्नो आधिकारीक विक्रेता भिजन मोट्र्स माफर्त विक्री थालनी गरेको छ।
महिन्द्राको मोजोले अब हेटौंडामा पनि आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिएको मोटर कम्पनीले जनाएको छ।
साहसिक, प्रिडेटर स्टाइलिङ्ग सहितका मस्कुलिन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ। इएफआइ सिलिन्डर इन्जिन जसले २७ बिएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्क क्षमता प्रस्तुत गर्दछ।
मोजोमा उच्च टरसिनल रिजिडिटी भएको ट्वीन ट्यूब फ्रेममा, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो सक र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको मोजोले बाइक पारखीलाई उच्चतम आनन्द अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विधुतियकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ।