नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको जुपिटर क्लासिक पोखराको सभा गृहमा र चितवनको भरतपुर ओरालोबाट सार्वजनिक गरेको छ।
क्लासिक संस्करणमा सनलाइट आइभोरी बडीकलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा रहेको कम्पनीले जनाएको छ।
चालकलाई आनन्ददायी यात्राको अनुभूति र उच्चगति प्रदान गर्ने यो जुपिटर सडकमा समेत निकै आर्कषक देखिने कम्पनीको भनाइ छ। ‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बडि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फ्युल इफिसेन्सी रहेको छ।
पूर्णतः मेटल बडिमा निर्माण भएको जुपिटर क्लासिक चलाउन निकै सजिलो हुने यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ। जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन मिल्ने यसले इको मोडमा गुडाउँदा इन्धन बचत गर्न मद्दत पुग्ने कम्पनीको जिकिर छ।
यस कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्की र नेपाल आइडलका सुरज थापा उपस्थित भएका थिए।