हिमालपारी मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका गाउँ÷गाउँमा स्थानीय बस सेवा संञ्चालन हुने भएको छ । जिल्लामै पहिलो पटक स्थानीय जनताको सेवा र सुविधालाई ध्यानमा राख्दै निकट भविष्यमै सार्वजनिक यातायात संञ्चालन गर्ने भएको हो ।
सोमवार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा आयोजित बोर्ड बैठकले शिघ्र सेवा संञ्चालन गर्ने निर्णय गरेको छ। उक्त क्षेत्रमा स्थानीय वस सेवा नहुँदा स्थानीयवासी,पर्यटक तथा तिर्थालु झक्तजनले समेत सास्ती व्यवहोर्नु परेको छ।
सबैको सुविधालाई ध्यान दिएर सेवा सुरु गर्न लागिएको गाउँपालिकका निमिक्त प्रशासकिय अधिकृत जनार्दन आचार्यले जानकारी दिए ।
गाउँपालिकाको बोर्ड बैठकले सामुदायिक बस संञ्चालनमा लगानी गर्न ईच्छुक स्थानीय व्यक्ति,यातायात व्यवसायी,संघ,संस्था र समितिलाई आव्हान गरेको उनको भनाई छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ५ वडामा करिव १६ वटा गाउँ छन् । जसमध्ये कागबेनी र मुक्तिनाथ रुटमा यातायात सेवा केही सहज देखिए पनि १ दर्जन बढी गाउँमा यातयातको पहुँच छैन्।
जिल्लामा यातायातसेवा संञ्चालन भएको १० वर्ष बितिसक्दा समेत कालिगण्डकी नदी पश्चिमतर्फका गाउँहरु शाङ्ता,फल्याक,धाकार्जुङ र पाक्लिङका स्थानीयले सार्वजनिक यातायातको उपयोग गर्न पाएका छैनन् ।