नेपालको लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा सन् २००९ देखि हुन्डाइको ‘एसेन्ट’ गाडीको बिक्री थालेको हो।
जुन गाडी २०१२ को नाडा अटो शो पछि भर्नाको नामले बिक्री हुन थाल्यो। यो कुनै देशमा भर्ना, कुनै देशमा ‘एसेन्ट’ नामले गाडी बिक्री हुँदै आइरहेको छ।
नेपालमा २०१५ मा भर्ना ‘४ एस’ सार्वजनिक भयो। त्यस्तै, गत कात्तिकमा यसको पाँचौ पुस्ता ‘द नेक्स्ट जेन भर्ना’ सार्वजनिक भयो। नेपालको लागि भने यो भर्नाको तेस्रो पुस्ता हो।
भर्ना संसारभर हालसम्म करिव ९० लाख युनिट बिक्री भइसकेको कम्पनीको दावी छ।
‘द नेक्स्ट जेन भर्ना’ भारतमा प्रतिष्ठित मानिने पुरस्कार ‘इन्डियन कार अफ द इयर २०१८’ बाट सम्मानित भयो।
नेपालमा भर्नाको सोचे भन्दा बढि सेल्स भइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका कर्पोरेट सेल्स म्यानेजर अनिश लामिछाने बताउँछन।
हुन्डाईको विश्वब्यापी रुपमा लोकप्रिय ‘इलेन्ट्रा’को प्ल्याटफर्मबाट यसलाई निर्माण गरिएकोले यो धेरैको रोजाइमा परेको कम्पनीको भनाइ छ।
यसको उत्कृष्ट लुक्स, ड्राइभिङ ब्यालेन्स, सहज महसूस(कम्फर्ट), आकर्षक इन्टेरियरले ग्राहकलाई मोहित बनाएको लामिछानेको दावी छ।
१.६ लिटरको इञ्जिन रहेको ‘द नेक्स्ट जेन भर्ना’ ले १२३ पिएस पावर दिन्छ। यसल १५.४ केजीएमको टर्क उत्सर्जन गर्छ।
यो आकर्षक बनोटका साथै अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीको दावी छ। कम्पनीले यसको डिजाइन, कार्यप्रदर्शन, फिचर्स र सेफ्टिमा कुनै सम्झौता नगरेको जनाएको छ।
गाडीलाई बलियो बनाउनको लागि ५० प्रतिशत ‘एड्भान्स हाई स्ट्रेन्थ स्टिल’को प्रयोग गरिएको जनाएको छ। ५ भेरियन्टमा उपलब्ध यस कारको मूल्य इएक्सको ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार, एसएक्स (ओ) को ५० लाख ९६ हजार र एसएक्स अटोमेटिकको ५५ लाख ५६ हजार निर्धारण गरेको छ।
गाडीमा एलइडी टेल ल्याम्प, सार्क फिन एन्टेना, हुड क्यारेक्टर लाइन्स, मस्क्युलर ड्योल टोन बम्पर, रेयर क्रोम गार्निस, ७ इन्च टच स्क्रिन अडियो र भिडियो नेभिगेसन, कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, उचाइ मिलाउन सकिने सिट, रेयर सिट आर्मेस्ट कप होल्डर, लगेज ल्याम्प लगायतका धेरै फिचर्स समावेश गरिएको छ। यसमा भएको अलोए ह्विलले गाडीलाई स्पोर्टी लुक्स दिएको छ।
यसमा रहेको ४ सय ८० लिटरको बुट स्पेसले एउटा परिवार यात्रामा निस्किदा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।
https://youtu.be/vK9S-1T6Mqc